नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माथिल्लो तहका नेताहरु नराम्रोसँग बिग्रिएको स्विकार गरेका छन् ।
स्व.नेता पोष्टबहादुर बोगटीको स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तल्लो तहका नेता तथा कार्यकर्तामा कम्युनिष्ट आचरण र विचार अझै बलियो रुपमा रहेपनि माथिल्लो तहका नेताहरुमा भने त्यस्तो नरहेको बताए । माथिल्लो तहका नेताहरुको जीवनशैली जनताले नरुचाएको भन्दै नेता प्रचण्डले आफूहरु सुध्रन आवश्यक रहेकोमा जोड दिए ।
माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादल लगायतका नेताहरुप्रति लक्षित गर्दै प्रचण्डले पैसा कमाउँने लालसाले एमाले प्रवेश गरेको आरोप लगाए ।