माओवादी युद्धका कारण प्राप्त भएको भनिएका उपलब्धिले देशको विकास दशकौं पछि फर्किएको नेपाल नागरिक अभियानले आरोप लगाएको छ । माओवादीले फाग्न १ लाई जनयुद्ध दीवसका रुपमा मनाइरहँदा अभियानले एक विज्ञप्ती प्रकाशित गर्दै हजारौंको नरसंहार हुने गरी भएका गतिविधीलाई दीवसका रुपमा मनाउँनु दुखद भएको बताएको हो ।
अभियानका तर्फबाट राष्ट्रिय संयोजक डा. ठाकुरमोहन श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ : ‘नेपालको इतिहासमा दिन वा सुदीनका रुपमा दर्ज २०५२ साल फागुन १ को समय ! सत्र हजार भन्दा वढी नेपाली जनताको क्रुर नरसंहारवाट प्राप्त उपलव्धी ! देशको विकासलाई एक वा दुई दशक होईन दशकौ पछाडी पार्ने गरी प्रायोजीत भिषण नरसंहार र विनासका गाथाहरुले भरिपूर्ण समय क्रम विभिन्न आरोह अवरोहा चरण पार गर्दै शान्ति वार्ता भई सेनामा समायोजन भई सदन र सरकार सम्म पुगेको कटुसत्य इतिहास हुन् ।’
नेपाल नागरिक अभियानले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ :
राष्ट्रवादी पूर्व माओवादी, राज्यका रक्षा, सुरक्षा र प्रशासन सेवाका राष्ट्र सेवकहरू द्वन्द पीडित वर्ग, समुदाय तथा व्यक्ति साथै सवै वर्गका अमर सहिदहरूका परिवारजनहरूमा सादर अभिवादन नमस्कार!
१. माओवादी जनयुध्दका नामवाट तथा सरकारी पक्षपक्षवाट भएका सुरक्षा काम कार्वाहीको कारण ज्यानोत्सर्ग गरेका सकल ज्ञात अज्ञात सहिदहरुको ससम्मान आत्मा चिरशान्तिको कामना गर्दै हार्दिक श्रध्दाञ्जी व्यक्त गर्दछौ । अझै अशक्त घाईते व्यक्तित्वहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हराई रहेका व्यक्ति विशेषको खोज तलाशीमा भएका पक्ष आमजानकारी होस, अशक्तको उपचार, तथा सेवा र सुविधामा राज्यले दीर्घ सोच सहित छाती चौडा गरोस एवं संक्रमणकालीन न्याय र मानवता नमरोस भन्ने माग यसै अपिलवाटै नेपाल सरकार समक्ष राख्द छौ । २. नेपालको ईतिहासमा दिन वा सुदीनका रुपमा दर्ज २०५२ साल फागुन १ को समय ! सत्र हजार भन्दा वढी नेपाली जनताको क्रुर नरसंहारवाट प्राप्त उपलव्धी ! देशको विकासलाई एक वा दुई दशक होईन दशकौ पछाडी पार्ने गरी प्रायोजीत भिषण नरसंहार र विनासका गाथाहरुले भरिपूर्ण समय क्रम विभिन्न आरोह अवरोहा चरण पार गर्दै शान्ति वार्ता भई सेनामा समायोजन भई सदन र सरकार सम्म पुगेको कटुसत्य ईतिहास हुन । ३. राष्ट्रिय स्वाधीनतामा खेलाची भई आतंककारी टाउकाहरुको मूल्य तोक्ने र मूल्य तोकिएका टाउकाहरुको मिले भगतका लाजमर्दो कथा देश विदेशका लेख, पुस्तक र वार्ताहरुवाट समेत छरपष्ट भएको र आजसम्म पनि मुलुकले राजनीतिक स्थिरता पाउन नसकेको सर्व वितिदै छ । विदेशी शक्तिका क्रिडास्थल वन्न दिएर मुलुकको अस्मितामा आच पुगाई फगत सत्ता र सरकारमा रहिरहने, देशको साधनस्रोत र सम्भावनाहरुको दोहनमा रमाउने गैह्र जिम्मेवारी प्रवृत्ति २०४७ सालदेखी हालसम्म् २६ पटक सरकार परिवर्तन हुदा सम्म राज्यका सवै अंगहरू निश्कृय तुल्याइएको हजारौ तथ्य तथा विकास, सदाचार र सामाजिक परिवेसका राष्ट्रिय र अन्तराष्ट्रिय सुचांकहरूले समेत उदांगो पारेकै छन, अझै उदांगीने जाने संकेतहरू रहेकै छन । आज मुलुक ईतिहास कै नाजुक संकटको अवस्थामा गुज्रिरहेको छ । हरेक दृष्टिकोणवाट असफल मुलुकको अवस्थामा पुगाउने सनुयोजित हरकत भई रहनु हामी नेपालीका लागि दुर्भाज्ञका कुरा हुन । नेपालमा समस्या मात्र होईन समाधानका सम्भावना र आधारहरु पनि प्रशस्तै छन । केवल राष्ट्रवादको जगमा रहेको सुधारवादी, सहासिक र उत्तरदायी रहने ईमान्दार नेतृत्व प्रवृत्ति एवं क्षमताका व्यक्तित्वहरुको आवश्यकता महशुस भएका छन स्थानीय स्तरदेखी केन्द्रसम्म राज्यका सवै अंगहरुमा । समयले सबै नेपालीहरु गोलवध्द भएर नेपाल र नेपालीको संरक्षण र सम्वर्ध्दनमा सचेत र सकृय हुने वेला आएको छ । ४. मुलुकमा ज्यान उत्सर्ग गरेका सवै अमर सहिदहरु, परिवारजन र सन्ततीहरु, अयोग्य ठहरिएका लडाकु, ईच्छाले नै अलग रहनु भएका पूर्व माओवादीका विभिन्न तह र तप्काका सदस्यहरु, सेना, प्रहरी, सशस्त्र प्रहरी, लगायत सवै सेवा, समुह र समुदाय र वर्गका घाईते तथा असक्त तथा द्वन्द पीडित व्यक्तित्वहरु सबै मुलुकलाई न्याय दिन एउटै मञ्चमा रही नेपाली एकता प्रदर्शन गरी दीगो शान्ति र मुलुकको चौतर्फि विकासका लागि विगतवाट पाठसिकेर पीडालाई शक्तिमा रुपान्तरण गर्दै मात्र एक पटकका लागि नेपाली वलवुताको शान्तिपूर्ण नागरिक आन्दोलनमा जुटौ र जागौ । ताकी कुनै पनि विदेशी शक्तिका चाल र षडयन्त्रले पुनः नेपालमा नेपाली नेपालीलाई लडाएर विदेशको क्रिडास्थल वनाउने कु चेष्टा नगरोस् नेपालको स्वतन्त्रता र राष्ट्रिय स्वाधीनतामा हिमाल, पहाड र तराईका सवै नेपाली सदा एक भएर रहन सकौ । ५. यस्ता धेरै विनास र विभिषिकाका विच मुलुकमा स्थायी शान्ति र नेपाली जनताको भलो चिताउदै मुलुकले आफैले आफ्नो ईतिहास र पहिचान मेटाएको त्यो दिन ! जनयुध्द दिवसका क्रममा आज यस प्रकृयामा संलग्न अक्षम्य अपराध प्रति आत्मालोचना गर्दै पुनः ईतिहासको संरक्षण र सम्वर्ध्दनका लागि हातेमालो गर्नका लागि सरोकार सवैमा हार्दिक अपिल गर्दछौ ।








