नेपाली सिनेमा क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्माता रेखा थापा वैवाहिक बन्धनमा बाँधिएकी छन । छविराज ओझासँगको सम्बन्ध विच्छेद भएको लामो समयपछि रेखा पुनः बलराम शाहीसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।
थापाले र शाहीले ‘कोर्ट म्यारिज’ गरेको बताइएको छ । उनीहरुले जिल्ला अदालत काठमाडौंमा पुगेर केहि दिन अघि ‘कोर्ट म्यारिज’ गरेका हुन । जाजरकोट स्थायी घर भएका शाही पेशाले पर्यटन व्यवसायी रहेका छन् । रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा थिए ।
निर्माता छवि ओझासँगको करिब १० वर्षको वैवाहिक सम्बन्ध टुटेपछि थापा केही वर्षयता एकल जिवन बिताइरहेकी थिइन् ।
आफ्नो विवाहबारे रेखाले भने औपचारिक रुपमा केहि बताएकी छैनन् ।








