सोमबार बेलुकी पाकिस्तानी राजदूत र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्षबीच भेटवार्ता भएको छ ।

पाकिस्तानी राजदूत महामहीम सइद हैदर शाहले अध्यक्ष माधवकुमार नेपालको कोटेश्वर निवासमा आएर भेटेका हुन् ।
अध्यक्ष नेपाल र राजदूत शाहबीच नेपाल र पाकिस्तानका सम्बन्धको विविध विषयमा छलफल भएको छ ।








