एमसीसीे विवाद चरमोत्कर्षमा पुगेका बेला नेपाल नागरिक अभियानले राष्ट्रवादी दल र अभियानहरुलाई गोलबद्ध हुन आह्वान गरेको छ ।
अभियानाका तर्फबाट राष्ट्रिय अध्यक्ष डा.ठाकुरमोहन श्रेष्ठले एक सन्देश जारी गर्दै देश अप्ठयारो परिस्थितीमा परेका बेला सबै एकजुट हुनुपर्ने बताएका हुन् । एमसीसी सम्झौता देश हित विपरित रहेको भन्दै एमसीसीको विरोध गरिरहेको नेपाल नागरिक अभियानले देश जोगाउँन राष्ट्रवादी दल र अभियानहरु गोलबद्ध हुनुपर्ने जनाएको हो ।
डा.श्रेष्ठले जारी गरेको सन्देशमा २०३३ सालमा प्रजातन्त्रवादी नेता विपीले अवलम्बन गरेको राष्ट्रिय मेलमिलाप नीतिको अपरिहार्यता अहिले झनै महसुस भएको उल्लेख छ । अहिलेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहबाट कुटनैतिक रुपमा छिमेकी देशहरुसँग र देशका राष्ट्रवादी शक्तिहरुसँग संवाद अघि बढाउनुपर्ने उनको भनाई छ ।








