Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

भाजपाले मोदीको जन्मदिन २० दिनसम्म मनाउने, प्रधानमन्त्री देउवाले दिए शुभकामना


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज जन्मदिन । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारतीय समकक्षी मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्। शुक्रबार देउवाले ट्विटरमार्फत् मोदीलाई जन्मदिनको शुभकामना दिँदै उनको सुस्वास्थ्य र सफलताको कामना गरेका छन्। मोदीले आज ७१औं जन्मदिन मनाउँदै छन्।

मोदीको जन्मदिन उनको दल भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ। बिबिसी हिन्दीका अनुसार मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। उनको जन्मदिनका अवसरमा भाजपाले ‘सेवा र समर्पण अभियान’ चलाउने भएको छ। त्यका लागि कैलाश विजयवर्गीयको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको छ।

२० वर्षअघि मोदीले पहिलो पटक अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्री सम्हालेका थिए। उनको जन्मदिन र पहिलो पटक मुख्यमन्त्री भएको दिनसम्म भाजपाले विभिन्न कार्यक्रम गर्न लागेको हो।

मोदीको जन्मदिनका अवसरमा जिल्लास्तरमा पार्टी कार्यकर्ताले रक्तदान गर्ने, मोदीको जीवनी प्रदर्शन गर्ने लगायत कार्यक्रम गरिनेछन्। उनको जन्मदिनको अवसरमा वाराणसीको भारत माला मन्दिरमा ७१ हजार दीयो जलाउने, धन्यवाद मोदीजी लेखिएका १४ करोड रासन झोला बाँड्नेलगायत कार्यक्रम पनि गरिनेछन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार