Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

जनतान्त्रिक तराई मुक्ति मोर्चाको आह्वान : मुल घरमा फर्किनुहोस्


जनतान्त्रिक तराई मुक्ति मोर्चाले आफूबाट विभिन्न समयमा अलग भएका समुह तथा व्यक्तिहरुलाई घर फर्कन आह्वान गरेको छ ।
मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोजकुमार झा ले आइतबार एक विज्ञप्ती जारी गर्दै क्रान्तिकारी शक्ति ध्रुविकरणको महाअभियानमा सामेल हुन सबैलाई आह्वान् गरेका हुन् ।
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ः ‘२०६१ साउन १५ गते स्थापना भएको जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट विभिन्न समयमा फुटेका, निष्क्रिय रहेका वा अन्य कुनै राजनीतिक दल, पार्टीमा प्रवेश भएका सम्पूर्ण सहयोद्धा क्रान्तिकारी मित्र बन्धुहरुमा घर फर्कन हुन हार्दिक सार्वजनिक अपिल गर्दर्छौं ।’
जनतन्त्रवादी मूल्य मान्यतामा आधारित रहेर सामुहिक नेतृत्वको अवधारणामा मोर्चा अघि बढाइने विज्ञप्तीमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
विचार