Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

यो महिनाभित्र एकतिहाइ जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाउने प्रधानमन्त्री देउवाको दाबी


संविधान दिवसका अवसरमा आइतबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यो महिनाभित्र एक तिहाई जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाउने दाबी गरेका छन्।

उनले यो महिनाभित्र एक तिहाई र यस वर्षभित्र खोप लगाउनयोग्य सबै नागरिकलाई निस्शुल्क खोप उपलब्ध गराउने दाबी गरे। ‘अग्रस्थानमा खटिने राष्‍ट्रसेवक लगायत सबैलाई व्यक्तिगत स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने र स्वास्थ्य सचेतना बढाउने कार्यक्रमहरु नेपाल सरकारले सञ्‍चालन गरिरहेको छ’, देउवाले भने।

वर्तमान सरकारको पहिलो प्राथमिकतामा कोभिड-१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्नु रहेको उनको जिकिर छ। ‘शताब्दीकै कहालीलाग्दो कोभिड-१९ को विश्‍वव्यापी महामारीबाट मानवजाति आक्रान्त बनेको छ। यसबाट नेपाली नागरिकलाई बचाउन सरकार पूर्णरुपले प्रतिवद्ध एवं क्रियाशील रहेको छ’, देउवाले दाबी गरे।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार