Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

आजदेखि देशभर भेरोसेल खोपको लगाइने, कहाँ कुन उमेरकालाई लगाइन्छ ?


सरकारले आजदेखि कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम शुरू गर्दैछ । ११ गतेसम्म निरन्तर लगाइने यस खोप १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई दिइनेछ ।

अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउनेछन्।

सरकारले बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्ष उमेरमाथिकालाई पनि खोप लगाउने भएको छ। साथै १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइनेछ। काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला, रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोभिडविरूद्ध खोप दिने सरकारको तयारी छ।

यी उमेर समूहबाहेक यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटेल व्यवसायमा काम गर्ने व्यक्तिलाई समेत खोप दिइने मन्त्रालयले जनाएको छ । सरकारले चैतभित्र सबै नागरिकलाई खोप दिइसक्ने दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार