Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०७८ बहुमतबाट पारित


अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ पारित गरियोस भन्ने प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।प्रतिनिधि सभाको सोमबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो। बैठक सुरु भएदेखि नै वेल घेराउ गरेर नाराबाजी गरिरहेका एमाले सांसद्हरुलाई बेवास्ता गर्दै विनियोजन विधेयक पारित गरिएको छ।

सत्ता पक्षका सांसदहरुले विधेयकमाथिको छलफलमा भाग नलिएपछि खर्च कटौती प्रस्ताव दर्ता गरेका सांसद प्रेम सुवालले मात्र छलफलमा भाग लिएर पारित भएको हो । विधेयकका पक्षमा सत्ता पक्षका सांसद उभिएका थिए भने विपक्षमा प्रेम सुवाल मात्र प्रस्तुत् भएका थिए ।

विनियोजन विधेयकमाथिको छलफलको सबै प्रक्रियामा नेमकिपाका सांसद प्रेम सुवाल एक्लैले सहभागिता जनाए । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु नारावाजीमा केन्द्रित भए । सत्तारुढ गठबन्धनका कुनै पनि सांसदले छलफलमा भाग लिएनन् ।


प्रतिक्रिया दिनुहोस !
विचार