Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

पहिरो अवलोकन गर्न पुगेका मेयरमाथि स्थानीयले गरे आक्रमण


बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले  आक्रमण गरेका थिए। गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झन्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्।

पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले सोमबार बिहान पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका थिए। मुक्का उज्याउदै मेयर सुवेदीमाथि जाई लागेका युवालाई सुवेदीसँगै रहेका नगर प्रहरीले रोकेका थिए। मुक्का उज्याउदै गएका युवा नगर प्रहरीले रोकेपछि भुइँमा लडेका थिए। अवलोकनका लागि पुगेका मेयर सुवेदी स्थानीय आक्रोशित बनेपछि फर्किएका छन्। स्थानीयले एक महिनासम्म पनि स्थानीय सरकारले नहेरेको भन्दै आक्रोश पोखेका थिए।

सोमबार बिहानैदेखि बुटवल तथा आसपासको क्षेत्रमा पानी परिरहेकोले पहिरोले थप क्षति पुर्‍याउन सक्ने भन्दै मेयर सुवेदी सहितको टोली पहिरोग्रस्त क्षेत्रमा पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार