Logo
२६ फाल्गुन २०८२, बुधबार
|  Wed Mar 11 2026

नाम के राख्नेमा अलमल, सुझावका लागि महाविर पुनको आग्रह


राष्ट्रिय आविष्कार केन्द्रले २ वर्ष लगाएर धेरै नै अनुसन्धान गरि अदुवा र ४ किसिमका जडिबुटीहरु राखेर बनाईएको कार्बोनेटेड ड्रिंक अर्थात् पिउने पदार्थ निकट भबिष्यमा परीक्षणको लागी बजारमा ल्याउदै छ ।

सो पेय पदार्थको स्वाद कोकाकोला, पेप्सीको जस्तै जस्तै भए तापनि स्वास्थ्यको लागी फाइदा हुने किसिमले बनाइएको छ र स्वादिलो पनि रहेको राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाविर पुनको भनाई छ ।

अहिले त्यसको नाम के राख्ने भन्ने बिषयमा छलफल हुँदा विभिन्न सुझावहरु आएको उनले बताए । पुनले नाम के राख्ने भनेर सल्लाह दिनका लागि सबैलाई आग्रह गरेका छन् ।

अहिले २५० मिलीलिटरको सानो बोटलमा उत्पादन गरिने र बजार मा ल्याइने पुनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार