Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

आज गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना


आज बिहान गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य वदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थान, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

आज काठमाडौंमा पनि सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले बताए उनका अनुसार आज राति वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना भएका स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन मौसम पूर्वानुमान महाशाकाले अनुरोध पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार