Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

कांग्रेस अधिवेशन रोक्न माग गर्दै सुनिल थापा पक्ष पुग्यो अदालत


नेपाली कांग्रेसले आज काठमाडौंसहित विभिन्न सात जिल्लामा वडा अधिवेशन गर्देछ । राजधानी काठमाडौंसहित काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुन लागेको हो । बाँकी १३ जिल्लामा क्रियाशिल सदस्यता विवाद मिल्न बाँकी रहेकोले वडा अधिवेशनको टुंगो छैन ।

मोरङमा आज वडा अधिवेशन हुने भनिएपनि एउटा पक्ष अदालत पुगेको छ । सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै रिट दिएको हो । आफू पक्षका क्रियाशिल सदस्य हटाइएको थापाको आरोप छ ।

गत भदौ १८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो । बाँकी २० जिल्लामा आज अधिवेशन गर्ने भनिएपनि प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लाको विवाद कायमै छ ।

समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले असोज ९ गते गर्ने भनेको गाउँरनगर अधिवेशन प्रभावित हुने भएको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँरनगर अधिवेशनका मतदाता हुन्छन् । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार