Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

माधव नेपाललाई पछुतो लाग्छ : गोकर्ण विष्ट ( भिडियो सहित )


नेकपा एमालेका नेता गोकर्ण विष्टले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी खोलेका माधवकुमार नेपाललाई पछुतो लाग्ने बताएका छन् ।
राजधानीमा आयोजित एमालेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता विष्टले माधव नेपालले राजनीतिक जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको बताए । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि माधव नेपालले आफूहरुको हस्ताक्षर दुरुपयोग समेत गरेको उनको भनाइ थियो । नेकपा एमाले आगामी चुनावमा देशको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै उनले एमालेलाई सिध्याउँछौं भन्नेहरुलाई आफूहरुले देखाइदिने बताए ।

कार्यक्रममा विष्टले बोलेको विस्तृत भिडियो हेर्नका लागि भिडियो क्लिक गर्नुहोला


प्रतिक्रिया दिनुहोस !
विचार