काठमाडौं जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दियो ।
खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
प्रधानमन्त्री देउवाले बैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने प्रतिवद्धता जनाइसकेका छन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पनि दसैपछि १८ वर्ष मुनिका बालबालिकालाई पनि खोपको व्यवस्था गर्ने बताएका छन् ।







