Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

दुवै सदनको बैठक बस्दै, संसद् अधिवेशन आजै अन्त्य गर्ने तयारी


संघीय संसदको दुवै सदनको बैठक आज बस्ने छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न लागेकोले संसद्को जारी अधिवेशन आजै अन्त्य गर्ने तयारी गरिएको छ ।

दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यलयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ। विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा पढेर सुनाउने संसद सचिवलायले जनाएको छ।

यस्तै‚ राष्ट्रियसभा बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस !
विचार