नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
हिजो सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ रहेको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ रहेको छ ।
यसैगरी, चाँदीको मूल्य पनि आज १ हजार १६० रुपैयाँमा कारोबार भइरहेकाे छ । आइतबार भने एक हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।



