धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई एकाबिहानै फेसबुक लाइभमा आएका छन् । फेसबुक लाइभमार्फत नगरबासीलाई सम्बोधन गर्दै उनले फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे ।
आफ्नो घर अगाडि फोहोर नफाल्ने र घर अगाडिको फोहोर आफैंले सफा गर्ने हो भने धरान सफा हुने बताउँदै उनले अरुका घर अगाडि र सहरभरी कोही एक्लैले सफा गरेर साध्य नहुने बताए ।
धरानको मुख्य समस्याका रुपमा रहेको खानेपानी समस्या समाधानका लागि आफू लागिपरेको बताउँदै उनले सप्तकोशीको पानी नल्याइकन धरानबासीलाई नपुग्ने बताए । आफूले पदभार ग्रहण गरेकै दिनबाट काममा लागिसकेको बताउँदै उनले आफूलाई सहयोग गर्न र आफ्ना भावना बुझिदिन सबैलाई आग्रह गरे ।








