पोखराबाट जोमसोमका लागि उडेका तारा एयरको विमान सम्पर्कबिहिन भएको छ ।
पोखराबाट जोमसोमका लागि १० बजेर १५ मिनेटमा १९ यात्रु लिएर उडान गरेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।
मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको बुझिएको छ । विमानबारे थप विस्तृत विवरण आउँन बाँकी छ ।








