
बेपत्ता रहेको तारा एयरको खोजीमा मौसम बाधक बनेको छ ।
मुस्ताङको लेते क्रस गरेपछि बेपत्ता भएको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान खोजका लागि हेलिकप्टर तयारी अवस्थामा रहेको भएपनि मौसमका कारण उडान गर्न नसकिएको नागरीक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।
पोखरामा प्रभु एयरलाइन्स र जोमसोममा अर्को हेलिकप्टर तयारी अवस्थामा रहेको र मौसममा केहि सुधार देखिएपछि एयरको खोजका लागि हेलिकप्टर उड्ने प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
आज बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयर लेते पास गरेपछि सम्पर्कविहीन भएको थियो ।
पोखराबाट जोमसोमका लागि १० बजेर १५ मिनेटमा १९ यात्रु लिएर उडान गरेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।