नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मन्त्रीको नाम टुंगो लगाउन अध्यक्ष माधव नेपालले पदाधिकारी बैठक बोलाएका छन् । आफ्ना तर्फबाट गठबन्धन सरकारमा पठाउने मन्त्रीहरूको नाम लगभग फाइनल भएपनि त्यसलाई पदाधिकारीबाट अनुमोदन गर्ने नेपालको तयारी छ ।
नेकपा एकीकृत समाजवादीबाट विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ मन्त्री बन्ने लिष्टमा छन् । पार्टीको पदाधिकारीमा अवसर नपाएकालाई सरकारमा पठाउन नेतालले प्राथमिकतामा राखेका हुन् । एकीकृत समाजवादीले ६ वटा मन्त्रालय पाउँदै छ। बाँकी एक मन्त्री भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एक जनालाई पठाउने तयारी भएको स्रोतले जानकारी दिएको छ।
गठबन्धनका अन्य दलहरु पनि यतिवेला मन्त्रिको नाम टुंगो लगाउन छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवपाले सम्भव भए आजै र नभए भोलिसम्म मन्त्रिमण्डललाई पूर्णता दिने गरी तयारी थालेका छन् । आजै मन्त्रीको नाम उपलब्ध गराउन देउवाले गठबन्धनमा सहभागी दलहरुलाई निर्देशन दिएका छन् ।





