काठमाडौं महानगरपालिकाको उपमेयर पदमा सर्वाधिक मतका साथ विजयी सुनिता डंगोलले नेवारी भाषामा सपथ लिएकी छिन् ।
सोमबार सभागृहमा आयोजना भएको सपथग्रहण कार्यक्रममा मेयरमा निर्वाचित बालेन्द्र शाहले आफूले सपथ लिइसकेपछि उपमेयर सुनितालाई सपथ गराएका थिए । सपथ गराइरहँदा बालेनले नेपाली भाषामा बोलेका थिए भने सुनिताले नेवारी भाषामा उच्चारण गर्दै सपथ ग्रहण गरेकी थिइन् ।
सुनितालाई सपथ ग्रहण गराउनुअघि मेयरमा निर्वाचित बालेन्द्र शाहले काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायधीश राजुकुमार खतिवडाबाट सपथ ग्रहण गरेका थिए ।
पहिला नेपालीमा सपथ लिएका बालेनले आफैँले नेवारीमा रुपान्तरण गर्दै सपथ दोहो¥याएका थिए ।





