Logo
१२ असार २०८३, शुक्रबार
|  Fri Jun 26 2026

‘यौनकर्मीका ग्राहकका कुरा किन लेखिँदैनन् ?’


नेपाली साहित्यकारहरुले यौनकर्मीहरुका कुरा धेरै लेखेको तर तिनका ग्राहकहरुका बारेमा केही नलेखेकोमा समालोचकहरुले आपत्ति जनाएका छन् ।

कथाकार वसन्त पराजुलीद्वारा लिखित कथासङ्ग्रह मोम्चो माथि आज आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा समालोचक प्रा.डा. शावित्री कक्षपतीले यस्तो धारणा राखेकी हुन् ।

“कथाकारहरुले अब यौनकर्मीहरुका कुरा मात्रै होइन, तिनकहाँ जाने ग्राहकहरुका कुरा पनि आउनु पर्छ ।” उनले भनिन्, “तिनकहाँ जानेहरु कुन वर्गका, कुन तहका र कुन मानसिकताका हुन्छन् भन्ने कुरा थाहा दिन जरुरी छ ।” उनले यौनका कुरालाई सुन्दर रुपमा प्रस्तुत नगरेर भद्दा रुपमा प्रस्तुत गर्दा कथाको गुणस्तर नरहने कुरा बताइन् ।

अर्का सामालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले चाहिँ कृतिपरक विवेचना गरे । कथाकार आफ्नो विद्यार्थीसमेत रहेको बताउँदै उनले मोम्चोभित्रका कथा राम्रा र केही कथा स्तरीय भएको बताए । “आफ्नो बच्चालाई बोतलपान गराएर बाहिरचाहिँ मातृत्वको भाषण गर्ने प्रवृत्तिमाथि एउटा कथाले राम्रो व्यङ्ग्य गरेको छ ।” उनले भने, “पत्रकारिता सन्दर्भका कथा आउनु राम्रो पक्ष हो ।”

साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार अशेष मल्ल, साहित्य पोष्टका सम्पादक अश्विनी कोइराला, पत्रकार महासंघका सभापति विपुल पोखरेल आदिले बोलेका थिए । पत्रकारितमा व्यस्त भएर पनि जीवन्त कथा लेखेकोमा सबै वक्ताहरुले कथाकार पराजुलीले प्रशंसा गरे ।

पराजुलीको मोम्चोलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार