Logo
१२ असार २०८३, शुक्रबार
|  Sat Jun 27 2026

आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज मंगलबार तोलाका ३०० रूपैयाँ घटेर ८९ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी एक हजार १६० रुपौयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार