
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने भएका छन् । भ्रमणमा एमसीसीका बारेमा पनि छलफल हुने बताइएको छ ।
नेपाल–अमेरिका मैत्री सम्बन्धको ७५ औँ वर्षगाँठका अवसरमा उनले अमेरिकाको भ्रमण गर्न लागेका हु्न् । उनी अमेरिकी राष्ट्रपति जोन बाइडेनको निमन्त्रणामा भ्रमणमा जान लागेको बताइएको छ ।
बालुवाटार स्रोतका अनुसार भ्रमणका बारे अहिलेसम्म औपचारिक निर्णय भइनसकेको भए पनि यही जेठ २८ गतेदेखि भ्रमण हुने तयारी छ । परराष्ट्र मन्त्रालयले भ्रमणका एजेन्डाका विषयमा तयारी भने सुरु गरिसकेको बताइएको छ । परराष्ट्र स्रोत भन्छ, “भ्रमणमा एमसीसीसहित दुई पक्षीय सहयोग आदनप्रदानका विषयमा छलफल हुनेछ ।”
यसअघि प्रधानमन्त्रीकै हैसियतमा देउवाले ०५९ वैशाख २३–२८ सम्म अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट उच्चस्तरको अमेरिका भ्रमण भएको छैन ।