
गृह मन्त्रालयले मर्यादाक्रमलाई हेरफेर गर्दै पूर्वराष्ट्रप्रमुखको रुपमा राजालाई पहिलोपटक मर्यादा क्रममा राखेको छ । उनको मर्यादा अबदेखि पूर्वराष्ट्रपतिभन्दा पछि अनि बहालवाला उपप्रधानमन्त्री र पूर्वउपराष्ट्रपतिभन्दा अघि रहने भएको छ ।
गृह मन्त्रालयबाट सार्वजनिक गरिएको सूचिअनुसार मर्यादाक्रमको पहिलो नम्बरमा बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई पहिलो र दोस्रो नम्बरमा राखिएको छ । तेस्रो नम्बरमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश, पाँचौमा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई राखिएको छ ।
छौटौं मर्यादाक्रममा पूर्वराष्ट्रपति र पूर्वराजा रहने भएका छन् ।
स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा मर्यादाक्रम हेरफेर गरिएको हो ।
मर्यादाक्रममा पहिलोपटक शिक्षकहरु तथा प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीहरुलाई समेत समावेश गरिएको छ ।