Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

देउवाको दूत बनेर ओलीलाई भेट्न बालकोट पुगे कानुनमन्त्री,ओलीले पठाए यस्तो सन्देश


नेकपा एमालेका अध्यक्ष तथा प्रतिपक्ष दलका नेता कार्की विहान ओलीलाई भेट्न बालकोट पुगेका थिए । ओलीको सचिवालयका एक सदस्य रामशरण बजगाईँले पठाएको प्रेस नोटमा अध्यादेश खारेजीको ओलीले चर्को विरोध गरेको उल्लेख छ ।

सो भेटमार्फत नै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक सन्देश पठाएको प्रेस नोटमा उल्लेख छ । यस्तो छ देउवालाई ओलीले पठाएको सन्देश सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ ।

चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो । अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन ।

यस्तो अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कानुन मन्त्रीसँगको भेटमा उनी मार्फत आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाए ।


प्रतिक्रिया दिनुहोस !
विचार