
स्थानीय तहको काम कारवाहीलाई चुस्त एवम् प्रभावकारी बनाएर गाउँगाउँमा सरकारको उपस्थिति भएको अनुभूति दिलाउन सरकारले ७५३ वटै पालिका प्रमुख तथा उपप्रमुखहरुलाई अभिमुखीकरण तालिम दिने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकासबारेका विज्ञहरु मार्फत् यो तालिम दिन लागेको हो । तालिम दुई दिने हुने बताइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार प्रदेश–१ र सुदूरपश्चिम प्रदेशमा २५–२६ जेठ तथा मधेस, गण्डकी र कर्णालीमा २७–२८ जेठमा अमिमुखीकरण तालिम दिने गरी मिति तय भएको छ ।
त्यसैगरी बागमती र लुम्बिनीमा ३०–३१ जेठका लागि मिति तय गरिएको छ । कार्यक्रम स्थलको जानकारी सम्बन्धित प्रादेशिक सुशासन केन्द्रमार्फत प्रवन्ध हुने बताइएको छ ।