Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बालेन भन्छन् : प्रचण्डको हौसलाले उर्जावान बनाएको छ


काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हौसलाले आफूलाई उर्जावान बनाएको बताएका छन् । शनिबार प्रचण्डसँग भएको भेटबारे सामाजिक सञ्जाल मार्फत जानकारी गराउँदै उनले प्रचण्डले भनेका कुरा निकै महत्वपूर्ण रहेको बताएका हुन्
प्रचण्डसँग भएको भेटबारे सामाजिक सञ्जालमा उनले लेखेको स्टाटस यस्तो छ : पछिल्लो पटक हामीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्यौँ ।
आफ्नो राजनीतिक यात्राका बारेमा बताउँदै उहाँले भन्नु भयो, “हतियारबाट राजनीति भयो । आलोचना र कतिपय अवस्थामा गालीगलौजकै स्तरको राजनीति पनि भयो । तर तपाईले कसैको आलोचना नगरी नयाँ किसिमबाट राजनीतिमा प्रवेश गर्नु भयो । यो परिवर्तन मात्रै भएको होइन, नेपालमा नयाँ किसिमको राजनीतिक र सामाजिक क्रान्ति भएको हो ।“
उहाँबाट प्राप्त सुझाव र हौसलाले हामीलाई थप उर्जावान बनाएको छ । जनजीविकाको सवालमा कसले धेरै भन्दा धेरैसँग सहकार्य गर्न सक्छ र कसले धेरै विकाश गर्न सक्छ भन्नेमा अबको राजनीतिक प्रतिष्पर्धा हुनु पर्छ भन्ने हाम्रो विचारप्रति थप दृढ बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार