एकीकृत समाजवादीले आफ्ना सबै मन्त्रीहरुलाई फिर्ता बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवा समक्षा नयाँ मन्त्रीहरुको लिष्ट पठाएको छ ।
आइतबार बसेको एकीकृत समाजवादीको बैठकले यसअघि पार्टीका तर्फबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाएर मन्त्रीको नयाँ सूची पठाएको निर्णय गरेको थियो ।
यसअघि एकीकृत समाजवादीका तर्फबाट रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ र भवानी खापुङ मन्त्री बनेका थिए । राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गर्दै अन्य मन्त्रीहरुको ठाउँमा मेटमणी चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर र हिराचन्द्र केसीको नाम सिफारिस भएको छ ।
६÷६ महिना पालैपालो मन्त्री बन्ने यसअघिको सहमति अनुसार मन्त्रीहरु हेरफेर गरिएको समाजवादीका एक नेताले जानकारी दिए ।








