Logo
२९ बैशाख २०८२, सोमबार
|  Mon May 12 2025

अन्य ३ मन्त्रीको पनि जाँदैछ पद, को को छन् नयाँ सूचीमा ?


नेकपा एकीकृत समाजवादीले आफ्ना तर्फबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाएर प्रधानमन्त्री देउवा समक्षा नयाँ मन्त्रीहरुको सूची पठाएसँगै सरकारमा सहभागी जसपाले पनि मन्त्री हेरफेर गर्ने तयारी गरेको छ ।

जसपाका तर्फबाट सरकारमा सहभागी ४ मन्त्री मध्ये ३ जनालाई फिर्ता बोलाएर नयाँ पठाउँने तयारी भइरहेको जसपाका एक नेताले जानकारी दिए । उनका अनुसार सरकारमा रहेका महेन्द्रराय यादव बाहेकका मन्त्रीलाई सरकारबाट फिर्ता बोलाइदैछ । फिर्ता बोलाइने मन्त्रीहरुमा राजेन्द्र श्रेष्ठ, रेणु यादव र रामसहायप्रसाद यादवको सूची रहेको बुझिएको छ ।

प्रधानमन्त्री देउवालाई पठाउँने नयाँ मन्त्रीको सूचीमा केही नयाँ अनुहार र केही पुराना अनुहार रहेका छन् । देउवा सरकारमा जसपाका तर्फबाट इस्तियाक राई, प्रमोद साह र प्रदीप यादवको इन्ट्री हुन लागेको ती नेताले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार