धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघ र प्रदेशको आउँदो चुनावमा स्वतन्त्र उम्मेदवारहरुलाई समर्थन गर्ने बताएका छन् । सामाजिक सञ्जाल मार्फत आफ्ना अभिव्यक्ति सार्वजनिक गर्दै आएका मेयर राईले स्वतन्त्र उम्मेदवारहरुलाई समर्थन गरेर दलीय दासप्रथाको अन्त्य गर्ने बताएका हुन् ।
पैसा बाँडेर र हावा गफ लाएर चुनाव जित्ने दिन गएको भन्दै उनले स्वतन्त्र उम्मेदवारहरुको पक्षमा उभिन सबैलाई आग्रह समेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् : ‘पैसा बाँडेर, हावा तालको गफ लाएर चुनाव जित्ने दिन गयो । आउँदा प्रदेश र संघको चुनावमा स्वतन्त्र उम्मेदवारहरुलाई समर्थन गर्नेछौं । अब दासप्रथाको अन्त्य गरिछाड्ने हो ।’








