Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

भाउ बढाएपछि निगमले भन्यो : पेट्रोलमा अझै २४ रुपैंयाँ ७० पैसा घाटा छ


बिहिबार मध्यरातीबाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले पेट्रोलमा अझै प्रतिलिटर २४ रुपैंयाँ ७० पैसा घाटा रहेको जनाएको छ ।

यसअघि प्रतिलिटर १७० रुपैंयाँ रहेको पेट्रोल बिहिबार रातीबाट १७८ रुपैंयाँ पुगेको छ । पेट्रोलको खरिद मूल्य प्रतिलिटर २०२ रुपैंयाँ ७० पैसा रहेको र बिक्री मूल्य १७८ रुपैंयाँ हुँदा निगमलाई प्रतिलिटर २४ रुपैंयाँ ७० पैसा घाटा रहेको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै मूल्य बढाउँदा पनि डिजेलमा प्रतिलिटर १८ रुपैंयाँ अझै घाटा रहेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार यसअघि १५३ रुपैंयाँ रहेको डिजेल बिहिबार रातीबाट १६५ रुपैयाँ प्रतिलिटर पुगेको छ । डिजेलको मूल्यमा प्रतिलिटर १२ रुपैंयाँले वृद्धि गर्दा पनि निगमलाई अझै १८ रुपैंयाँ घाटा रहेको उसको भनाई छ । डिजेलको खरिद मूल्य प्रतिलिटर १८३ रुपैंयाँ १ पैसा रहेको र बिक्री मूल्य १६५ रुपैंयाँ हुँदा डिजेलमा १८ रुपैंयाँ १ पैसा घाटा रहेको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

मट्टितेलमा भने निगमलाई प्रतिलिटर १७ रुपैंयाँ १ पैसा फाइदा छ । निगमले जनाए अनुसार मट्टितेलको खरिद मूल्य १४७ रुपैंयाँ ९९ पैसा रहेको छ भने बिक्री मूल्य १६५ रुपैंयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार