नुवाकोटको ककनीमा विजुली प्रशारण लाइनमा चढेर दिउँसभर तमासा देखाएका एक व्यक्तिको घन्टौंको प्रयासपछि हेलिकोप्टरबाट उद्दार गरिएको छ ।
बिहान ९ बजे बिजुलीको पोल हुँदै प्रसारण लाइनमा चढेका बेल्कोटगडी नगरपालिका १३ घलेगाउँका माइला विकलाई सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो ।
मानसिक सन्तुलन गुमाएका विकलाई प्रसारण लाइनबाट ओर्लिन प्रहरी र स्थानीयले दिउँसभर सम्झाई बुझाई गरेपनि उनले अटेर गरेका थिए । उनका कारण माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन नै दिनभर बन्द गर्नुपरेको थियो । उनी त्यहाँ पुगेपछि ६० मेगावाट विजुली निकाल्ने पानी नै नदीमा फाल्नुपरेको थियो ।





