Logo
१२ असार २०८३, शुक्रबार
|  Sat Jun 27 2026

नेप्सेको ओरालो यात्रा कायमै, परिसूचक ७० अंकले घट्यो


साताको पहिलो र दोस्रो दिन उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ । आज नेप्से परिसूचक ७० दशमलव ०१ अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घटेको छ । कारोबार रकम भने सोमबारको भन्दा केही सुधार देखिएको छ । सोमबार ५ अर्ब १२ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।

शेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीको शेयर मूल्य मंगबलार घटेको छ । धेरै घट्नेमा फाइनान्स कम्पनीहरु देखिएका छन् । फाइनान्स कम्पनीको सवइन्डेक्स ७ दशमलव ३७ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार