Logo
२९ बैशाख २०८२, सोमबार
|  Mon May 12 2025

कमल थापाको साथ छाडेका पौडेल र गुरुङ लिङदेनतिरै फर्किए


केही समय कमल थापा नेतृत्वको राप्रपा नेपालमा रहेका उद्धव पौडेल र चन्द्र बहादुर गुरुङ फेरि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपामै फर्किएका छन् ।

राप्रपा परित्याग गरेर कमल थापाले राप्रपा नेपाल ब्युँताउँदा उनलाई साथ दिएका पौडेल र गुरुङ गएको वैशाखदेखि निष्क्रिय बसेका थिए । उनीहरु सोमबारबाट राप्रपा प्रवेश गरेको बताइएको छ ।

पौडेल र गुरुङलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा स्वागत गरेका हुन् । उनीहरुलाई उपयुक्त समयमा उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धता अध्यक्ष लिङदेनले गरेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार