
एकजना महिलालाई घरमै गएर कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका ५ स्थित सब्जिमण्डी बजार नजिकैको एक घरमा गएर मन्त्री ओलीले एक महिलालाई कुटपिट गरेको आरेपमा प्रहरीले उनलाई सोमबार बिहानै नियन्त्रणमा लिएको हो ।
विवादास्पद छबीकी मन्त्री ओलीले ती महिलालाई किन कुटपिट गरेकी हुन् भन्ने कारण भने खुलेको छैन । यद्यपि पारिवारिक रिसिइबीका कारण मन्त्रीले ती महिलालाई कुटेको बुझिएको छ ।
मन्त्री पदमा रहेकी ओलीले महिलालाई कुटपिट भएपछि उनको व्यापक विरोध भएको छ ।