Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

मन्त्री विमलाले कुटेकी महिलाका श्रीमानसँग विमलाको प्रेम रहेको चर्चा, भाइरल थियो चुम्बन तस्बीर


लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री ओलीले एकजना महिलालाई घरमै गएर कुटपिट गरेको भन्दै उनी प्रहरी नियन्त्रणमा परेपछि यतिबेला यो विषयले राजनीतिक वृत्त तरंगित भएको छ ।

विवादास्पद छबीकी मन्त्री ओलीले ती महिलालाई किन कुटपिट गरेकी हुन् भन्ने कारण खुलिनसकेपनि मन्त्री ओली ती महिलाका श्रीमानसँग प्रेम सम्बन्धमा रहेको भन्दै केही अनलाइनले समाचार लेखेका छन् । अघिल्लो वर्ष मात्रै सांसद रहेका बेला विमला माओवादी केन्द्रका एक स्थानीय नेतासँग प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो । त्यतिबेला एउटा तस्बीर समेत भाइरल भएको थियो, जहाँ तत्कालिन सांसद र अहिलेकी मन्त्री विमलाले ती नेतालाई चुम्बन गरेकी छिन् । तर, चुम्बन गरेको देखिने सो तस्बीर वास्तविक नभई फोटोसपबाट बनाइएको त्यतिबेला उनको दाबी थियो ।

सोमबार आफ्ना पिएसओ सहित आफ्नो घरमा छिरेकी मन्त्री ओलीले मेरो एकराज खोई भन्दै आफूमाथि कुटपिट गरेको ती महिलाले स्थानीय सञ्चार माध्यमहरुलाई बताएकी छिन् । मन्त्रीको कुटपिटबाट आफू र आफ्नी ६ वर्षकी छोरी घाइते भएको ती महिलाको भनाई छ ।

नेकपा एमालेबाट प्रदेशसभा सदस्य बनेकी विमला खत्री ओली तत्कालिन अवस्थामा नेकपामा विग्रह आएसँगै माओवादी प्रवेश गरेकी थिइन् । अघिल्लो वर्ष विमलाकै कारण शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार ढल्ने अवस्थामा पुगेको थियो । त्यतिबेला मुख्यमन्त्री शंकर पोखरेलले पार्टी परिवर्तन नगर्न दबाब दिँदै आफूलाई घन्टौंसम्म मुख्यमन्त्रीको क्वार्टरमा बन्धक बनाइएको उनले आरोप लगाएकी थिइन् । उनको आरोपले केहीदिन राजनीतिक वृत्त तातेपनि त्यतिकै सेलाएको थियो ।

एमालेबाट चुनाव जितेर माओवादी बनेपछि उनलाई माओवादी कोटाबाट मन्त्री बनाइएको थियो ।
उनका पति समेत रहेका तत्कालिन प्रदेशसभाका सदस्य उत्तर कुमार ओलीको सडक दुर्घनामा परेर निधन भएपछि उनलाई एमालेले त्यतिबेला सांसद बनाएको थियोे ।


प्रतिक्रिया दिनुहोस !
विचार