Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

गगन थापाको माग : प्रधानमन्त्रीले संसदमै उभिएर अमेरिकी प्रस्ताव एसपीपीबारे बोल्नुपर्छ


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकाले नेपाली सेनासँग सहकार्यका लागि प्रस्ताव गरेको भनिएको एसपीपी सम्झौताका विषयमा प्रधानमन्त्रीले संसदमा उभिएर जवाफ दिनुपर्ने माग गरेका छन् ।

बुधबारको संसद बैठकमा बोल्दै थापाले संसदका विभिन्न समिति र संसद बैठकमा समेत यो विषय उठिसकेपछि प्रधानमन्त्रीले चुप लागेर बस्न नमिल्ने बताएका हुन् ।

रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले सम्हालेका कारण प्रधानमन्त्रीले यो विषयमा बोल्नैपर्ने थापाको भनाई छ । यो सम्झौता के हो ? कसको पालामा सुरु भयो ? कहाँबाट आयो ? भन्ने विषयमा सरकारले बोल्नैपर्ने भन्दै प्रधानमन्त्री पन्छिन नमिल्नेमा थापाले जोड दिए ।

नेपालले कुनैपनि देशसँग यी र यस्ता सम्झौता गर्न नहुने भन्दै उनले प्रधानमन्त्रीले सम्झौता नगर्ने कुरामा प्रतिबद्धता जनाउनुपर्ने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार