Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

राजा चाहियो भन्दै प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र


राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था राखिनुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

बुधबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहितका राप्रपाका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा संसदबाट चुनिने प्रधानमन्त्री नभई जनताबाट प्रत्यक्ष चुनिने प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने माग गरिएको छ । यस्तै धर्म निरपेक्षता खारेज गरी नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने, संसदको निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने लगायतका माग ज्ञापनपत्रमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
विचार