Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

नेपाललाई अमेरिकी सैन्य रणनीति अन्तर्गत लैजान खोजियो : शंकर पोखरेल


नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) नेपालको असंलग्न परराष्ट्र नीति विपरित रहेको बतएका छन् ।

बुधबार प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले नेपालको असंलग्न परराष्ट्र नीति विपरीत अमेरिकी सैन्य रणनीतिमा देशलाई लैजाने गलत काम हुन लागेको भन्दै कुनैपनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले नरहेको बताए ।

नेपाली सेनाको सहकार्यको बहाना बनाएर कुनै पनि देशको सैन्य हस्तक्षेप स्वीकार्य नहुने उनको भनाई छ । त्यस्तै उनले नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने गठबन्धनको रणनीति भएको आरोप समेत लगाए । गठबन्धन सत्ताको स्वार्थको बिषय बन्न सक्ने तर देश बिकासको बिषय बन्न नसक्ने एमालेको मान्यता रहेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार