Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

अमेरिकासँग एसपीपी सम्झौता अघि बढाउने ओली हुन् : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग एसपीपी सम्झौता ओली सरकारले अघि बढाएको आरोप लगाएका छन् ।

बिहिबार राजधानीमा रितबहादुर खडका स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले ओली सरकारले चाहिने नचाहिने काम उतिबेला अघि बढाएर अहिले दोष भने अरुको थाप्लोमा थोपरेको आरोप लगाए ।
एसपीपी कार्यान्वयन गर्ने सम्झौता सन् २०१९ मा ओली सरकारले गरेको भन्दै उनले इतिहासले ओलीलाई माफ नगर्ने बताए । अहिलेको सरकार यस्ता कुरामा नलाग्ने भन्दै उनले गठबन्धन दलहरु राष्ट्र र राष्ट्रियताका मामलामा एकजुट रहेको बताए ।

ओलीको पाखण्डीपनले देश डुब्ने भयो भनेर नै आफूहरुले गठबन्धन गर्नुपरेको उनको प्रष्टोक्ति थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार