Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

निउरो टिप्न गएकी युवती बेपत्ता, बाघले लगेको आशंका


जंगलमा निउरो टिप्न भनी गएकी एक युवति बेपत्ता भएकी छिन् । भरतपुर महागरपालिका २७ बस्दै आएकी रेखा बस्नेत बिहिबार बिहानबाट बेपत्ता भएकी हुन् ।

बिहिबार बिहानै निउरो टिप्न भनेर घरबाट निस्किएकी रेखा लामो समय सम्म पनि नफर्किएपछि परिवारले उनको खोजी शुरु गरेको थियो । स्थानीय राधाकृष्ण जंगलमा धुँइधुइँती खोज्दा समेत उनी फेला नपरेपछि प्रहरीलाई खबर गरिएको थियो ।

चितवन प्रहरीले भने उनलाई बाघले लगेको हुन सक्ने आशंका गरेको छ । राधाकृष्ण जंगलमा यसअघि पनि बाघले बितण्डा मच्चाउने गरेको थियो ।

अहिले उनको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरुको समुह खटिएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार