Logo
२९ बैशाख २०८२, सोमबार
|  Mon May 12 2025

म रक्षामन्त्री भएका बेला एसपीपी अघि बढेको भन्नु गलत : भीम रावल


नेकपा एमालेका नेता भीम रावलले आफू रक्षामन्त्री भएका बेला अमेरिकासँग एसपीपी सम्झौता अघि बढेको भन्ने कुरामा सत्यता नभएको बताएका छन् ।

राजधानीमा बिहिबार पूर्व सुरक्षाकर्मी परिषदको कार्यक्रममा बोल्दै उनले केहीले आफ्नो बदनाम गर्नका लागि दुष्प्रचार गरेको दाबी गरे ।

आफू राष्ट्र र राष्ट्रिय स्वाधीनताका पक्षमा जहिले पनि सचेत र सतर्क रहेको भन्दै उनले आफूबाट त्यस्तो हुन त के सोच्न समेत नसकिने जिकिर गरे ।

एसपीपी सम्झौता कसको पालामा अघि बढाउन खोजिएको हो यसबारे सत्यतथ्य बाहिर ल्याउनुपर्ने भन्दै उनले जनतालाई भ्रममा पार्न नहुनेमा जोड दिए ।
अमेरिकासँग एसपीपी सम्झौता भए नेपाल अमेरिकी सेनाको क्रीडास्थल बन्ने उनको दाबी थियो ।

नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग एसपीपी सम्झौता हुँदैन भनेर सदनमा प्रतिबद्धता जनाउनुपर्ने माग समेत गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार