चर्चित टेलिभिजन प्रस्तोता रवी लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छाडेका छन् ।
कार्यक्रम सञ्चालक तथा प्रस्तोताका रुपमा उनले ग्यालेक्सी फोर के छाडेको बुझिएको छ । यद्यपि यो समाचार तयार पार्दाका बखतसम्म उनले ग्यालेक्सी छाडेको विषयमा औपचारिक रुपमा भने बोलेका छैनन् ।
संसदको चुनावमा उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला उनले ग्यालेक्सी छाडेका हुन् । उनी निकट पत्रकारहरुका अनुसार सक्रिय राजनीतिमा लाग्ने उद्देश्यले उनले ग्यालेक्सी छाडेका हुन् । संसदीय चुनावमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने या कुनै दल विशेषबाट भन्ने विषय भने टुंगो भइसकेको छैन ।
ग्यालेक्सी फोर के को कार्यक्रम सञ्चालक तथा प्रस्तोताका रुपमा टेलिभिजन छाडेपनि टेलिभिजनमा रहेको भनिएको उनको शेयर भने निकालिएको छैन ।
यसअघि न्युज ट्वान्टी फोर टेलिभिजनबाट सिधा कुरा जनतासँग कार्यक्रमबाट चर्चामा आएका लामिछानेले आफ्नो पनि स्वामित्व रहनेगरी ग्यालेक्सी फोर के शुरु गरका थिए ।