Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

प्रधानसेनापतिले भने : अमेरिकालाई पत्र लेखेको हो तर, सैन्य साझेदारीका लागि होइन


प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले अमेरिकालाई उतिबेला पत्र लेखेको स्वीकार गरेका छन् । तर, अहिले बाहिर हल्ला फैलाइए जस्तो एसपीपी सम्झौताका लागि नभएको उनको जिकिर छ ।

शुक्रबार बिहान बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुलाई जवाफ दिँदै प्रधानसेनापति शर्माले भूकम्पको बेला २०७२ सालमा मानवीय सहायताका लागि अमेरिकालाई पत्र लेखेको बताए । नेपाली सेनाले सैन्य गठबन्धनका लागि कहिल्यै कोही कसैलाई पत्र नलेख्ने बताउँदै उनले १० बुँदे पत्र भन्दै अहिले मिडियामा आएका कुराहरु भने झुटो रहेको दबी गरे ।

मानवीय सहायताका लागि लेखिएको पत्रलाई सैन्य गठबन्धनका लागि भन्दै प्रचार गरिनु ठीक नभएको उनको भनाई छ ।

बरु अमेरिका इन्डो प्यासिफिक रणनीतिमा जान लागेपछि सेनाले सरकारलाई एसपीपीमा सामेल हुन नहुने भन्दै पत्र लेखेको उनले जानकारी दिए ।

भूकम्पका ताका नेपाली सेनाले अमेरिकालाई मात्र नभई मानवीय सहायतका लागि विभिन्न २७ मुलुकलाई पत्र लेखेको उनले प्रष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !
विचार