नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपीपी सम्झौता खारेज हुने बताएका छन् ।
शुक्रबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले ओली सरकारले अमेरिकासँग एसपीपी सम्झौता अघि बढाएको र त्यसलाई वर्तमान सकारले खारेज गर्ने बताए ।
एमसीसी जस्तो यसलाई व्याख्यात्मक टीप्पणी गरेर लागु नगरिने बताउँदै प्रचण्डले एसपीपी खारेज हुनेमा ढुक्क हुन आग्रह गरे । ओली सरकारले गरेका फोहोर सफा गर्दै गठबन्धन अघि बढेको भन्दै उनले गठबन्धन नटुट्ने दाबी समेत गरे ।








