Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

गोकुल बास्कोटाको क्षेत्रमा श्रीकृष्ण श्रेष्ठको स्वतन्त्र उम्मेदवारी


संसदको आगामी निर्वाचनका लागि देशभर स्वतन्त्र उम्मेदवारहरुको लहर चलिरहेका बेला एमाले नेता गोकुल बास्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ मा २७ वर्षिय युवा श्रीकृष्ण श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

पूर्व एआइजी डा. ठाकुरमोहन श्रेष्ठ नेतृत्वको नेपाल नागरिक अभियानका केन्द्रीय युवा संयोजक रहेका श्रेष्ठले काभ्रेमा शनिबार आयोजित एक कार्यक्रमका बीच उम्मेदवारी घोषणा गरेका हुन् । प्रतिनिधिसभा सदस्यका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताउँदै उनले काभ्रेका जनताले आफूलाई जिताउँनेमा विश्वस्त रहेको बताए ।

हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना आफ्नो एजेण्डा रहेको बताउँदै उनले संसदमा पुगेपछि आफूले जनतालाई शीरमा राखेर काम गर्ने बताए । पटकपटक दलका उम्मेदवारहरुलाई जिताउँदा काभ्रेली जनताले के पाए भनी प्रश्न गर्दै उनले आफूलाई मत दिन काभ्रेली जनतासँग आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै नेपाल नागरिक अभियानका राष्ट्रिय अध्यक्ष डा.ठाकुरमोहन श्रेष्ठले क्षमतावान युवा श्रीकृष्ण श्रेष्ठलाई काभ्रेका जनताले जिताएर दल र तीनका नेताहरुलाई सबक सिकाउनेमा आफू विश्वस्त रहेको बताए । दल र तीनका नेताहरुका गलत क्रियाकलापलाई आउँदो संसदीय निर्वाचनमा जनताले अनुमोदन गर्न नहुने बताउँदै उनले श्रीकृष्ण श्रेष्ठ जस्ता सक्षम युवालाई अवसर दिनुपर्नेमा जोड दिए ।

 

बालेन शाह, रवी लामिछाने लगायतका युवाहरुको नेपाली राजनीतिमा भएको प्रवेशलाई उदाहरण रुपमा प्रस्तुत गर्दै कार्यक्रमका वक्ताहरुले अब देश बनाउँने भिजन भएका युवाहरुलाई जिताउँनुपर्ने बताएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !
विचार