काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । महानगरपालिकाका मेयर बालेन साहले कांग्रेस, एमाले सहितका दलहरुका घोषणापत्रलाई समेत समावेश गरेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको बुझिएको छ ।
आज दिउँसो ३ बजे राष्ट्रियसभा गृहबाट मेयर बालेन साहले काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । मेयर बनेपछि बालेनको यो पहिलो नीति तथा कार्यक्रम हो ।
स्वतन्त्र रुपमा चुनाव जितेका बालेन साहको पहिलो नीति तथा कार्यक्रमलाई महत्वका साथ हेरिएको छ ।








